Rule 37
कायम मुकायम तथा निमित्त सम्बन्धी व्यवस्था
: (१) सशस्त्र प्रहरी सेवाको कुनै पद रिक्त रही कार्यालयको काममा बाधा पर्न गएमा सो पदमा कायम मुकायम मुकरर गरी काममा लगाउन सकिनेछ ।
(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा सो पदमा बढुवाको लागि योग्यता पुगेको एक तह मुनीको सबैभन्दा जेष्ठ सशस्त्र प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा अवधिको आधारमा बढुवाको योग्यता नभएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत कायम मुकायम मुकरर गर्न सकिनेछ ।
(४) कायम मुकायम मुकरर भएको सशस्त्र प्रहरी कर्मचारीले जुन पदमा कायम मुकायम मुकरर भएको हो सो पदको दर्ज्यानी चिन्ह र सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ ।
(५) सशस्त्र प्रहरीको देहायको पदमा देहायको निकाय वा अधिकारीले कायम मुकायम मुकरर गर्नेछ :–
(क) राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृत पदमा मन्त्रालय,
(ख) राजपत्र अनङ्कित तहको सशस्त्र प्रहरी पदमा सशस्त्र प्रहरी महानिरीक्षक ।
(६) कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयका सबैभन्दा वरिष्ठ सशस्त्र प्रहरीले सो पदको निमित्त भई काम गर्नेछ ।
(७) उपनियम (१) बमोजिम कायम मुकायम मुकरर भएको वा उपनियम (६) बमोजिम निमित्त भई काम गरेको सशस्त्र प्रहरी कर्मचारीले आफुले जुन पदमा कायम मुकायम वा निमित्त भई काम गरेको हो सो पदको तलब भत्ता र रासन सुविधा पाउनेछ ।
तर पन्ध्र दिन भन्दा कम अवधि निमित्त भई काम गर्ने सशस्त्र प्रहरी कर्मचारीले त्यस्तो तलब भत्ता र रासन सुविधा पाउने छैन ।
(८) कायम मुकायम वा निमित्त भै काम गर्ने सशस्त्र प्रहरी कर्मचारीले उपनियम (७) बमोजिम पाउने तलब भत्ताको अङ्क निजले एक श्रेणी वा तह माथीको पदमा बढुवा पाएमा पाउने तलब भत्ताको अङ्कभन्दा बढी हुने छैन ।